Skip to main content

अझै पनि जलिरहेछ 'लेनिन'को सपना...

अझै पनि जलिरहेछ 'लेनिन'को सपना...






247 Shares
facebook sharing button 185
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button


यदि सबै ठीकठाक चलेको थियो भने लेनिन बिष्ट यतिबेला थाइल्याण्डको बैंककमा हुन्थे। युवा सम्बन्धी ५ दिने कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेका हुने थिए। तर, भैदियो अर्कै। उनको यात्रामा अकस्मात 'ब्रेक' लगाइदियो गृह मन्त्रालयले। चकित पर्नुपर्ने घटना बन्यो उनका लागि एकाएक।
शुक्रवार बिहान नौ बजे थाइल्याण्ड जानका लागि एयरपोर्ट पुगे। 'बोडिङ' पास भयो। अध्यागमन विभागको कर्मचारीले पासपोर्टमा स्विकृतिको छाप लगाइदिए। उनी अघि बढे। अलिअघि पुगेपछि अध्यागमनका कर्मचारीले 'एकछिन पख्नुस त,' भनेर बोलाए।
डकुमेण्ट मागे। उनले 'डकुमेण्ट' दिए। 'एकछिन बस्नुस है,' भनेर अध्यागमनको कर्मचारी व्यस्त हुनथाले। १५ मिनेट बित्दा समेत केही प्रतिक्रिया आएन। 'लेनिन' आफै कुरा बुझ्न गए। अध्यागमनका कर्मचारीबाट जवाफ पाए, 'तपाईँलाई आज बिहान मात्र कालो सूचीमा  राखेको छ, जान दिन मिल्दैन।'
'आर ए ४०१' विमान उड्यो। लेनिन यतै छुटे। 


मौखिक जवाफले उनी फर्किन मानेनन्। लिखित जवाफ चाहियो भन्दै बसे। अध्यागमनको विमानस्थल प्रमुखले बोलाएर भने, 'माथिको आदेश अनुसार तपाईँलाई जान रोकेको हो। गृहमन्त्रीको सल्लाहकार सूर्य सुवेदीले फोन गर्नुभएको थियो।'
गृहमन्त्रीको सल्लाहकार सूर्य सुवेदी तिनै हुन जसले केही दिनअघि वीर अस्पतालमा उपचार गरिरहेका डाक्टर भोजराज अधिकारीलाई उठाएर गृहमन्त्रालय लगेका थिए।
केही क्षणपछि अध्यागमनका प्रमुखले लेनिनलाई लिखित पत्र थमाए जसमा लेखिएको थियो, 'उक्त कार्यक्रममा नेपाल सरकारको कुनै सम्बन्ध नभएकाले रोकिएको हो। सरकारबाट कुनै पनि स्विकृति लिएको छैन।'
लेनिन अपराधी थिएनन्। कुनै अभियोग पनि थिएन। स्वतन्त्र नागरिकको रुपमा बाँचिरहेका थिए। विगतमा उनी  'माओवादी बाल लडाकु' थिए।  यही कारण कार्यक्रममा जानबाट रोकेको बताउँछन् उनी। भन्छन्, 'हामीले माओवादी पूर्व लडाकुकोहरुको व्यावस्थापन गर्नुपर्ने सरकारसँग माग गरिरहेका छौँ। त्यही कुरा विदेशमा गएर भन्छ भन्ने डरले मलाई रोकियो।'
तर, उनी भाग लिन जाने कार्यक्रममा फरक रहेको बताउँछन्। 'यो कार्यक्रम नेपालको अयोग्य लडाकु व्यावस्थापन सम्बन्धमा थिएन। हामी हाम्रो देशको समस्या बाहिर लगेर छाताछुल्ल पार्दैनौँ,' लेनिनले भने, 'म अपराधी भएको भए राज्यले पक्रेर जेल हाल्न सक्थ्यो। तर, बाहिर जाने दिन बिहान नै व्याक्तिगत रिसइवीले मेरो नाम 'कालो सूचीमा' हालियो।'
के हो लेनिनको पृष्ठभूमि?
लेनिन माओवादी ‘जनयुद्ध’मा 'बाल सैनिक' बनेर युद्ध लडेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि अनमिनले उनीसँगै चार हजार भन्दा बढी लडाकुलाई 'अयोग्य' घोषित गरेको थियो। उनले जनयुद्ध लडेको तर अनमिनले अयोग्य भनेका पूर्व लडाकुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका थिए। माग अझै पूरा भएको छैन। भन्छन्, 'मलाई रोक्नु कुनै ठूलो कारण छैन। गृहमन्त्रीको सल्लाहकार सुवेदीको 'इगो' हो। यो उनकै 'ग्राण्ड डिजाइन' हो।'

उनको नाम बुवा आमाले सानैमा लेनिन राखिदिए। माओवादी युद्धको राप र तापका बेला किशोरवयमा प्रवेश गरे। सबैले उनलाई माओवादी ठान्थे। नाम विश्व चर्चित कम्युनिष्ट नेता 'लेनिन'सँग मिल्थ्यो। नामकै कारण माओवादीका बारेमा चासो राख्न थाले। 

फ्लासब्याक : २०५९
१२-१३ वर्षको कुत्कुते उमेर। भर्खर ६ कक्षाको पढाई।  बिदाको समय भएकाले हेटौंडा मावली गएका थिए उनी। घुम्दै जाँदा माओवादीको कार्यक्रम भएको ठाउँमा पुगे। शरीरमा काँडा उमार्ने भाषण सुनेपछि माओवादीप्रति झन् चासो बड्यो। त्यहीबेला निधारमा रातो टिका लगाए। रातै कफन बाँधे र कसम खाए। काभ्रे घर भएका लेनिन हेटौंडाबाट माओवादीमा प्रवेश गरे। 
२०५९ सालदेखि माओवादीमा प्रवेश गरेका लेनिनले कहिल्यै नदेखेका बस्ती चहारे। जोखिमपूर्ण समयसँग लुकामारी गरे। मृत्युका सामुन्नेमा पनि भविष्य देख्ने भए। त्यतिबेला मर्दा पनि मुक्ति पाइने क्रान्तिकारी जोशले रोमाञ्चित हुन्थे उनी। 

माओवादीको जनमुक्ति सेनाका रुपमा उनले ४ वर्ष बिताए। २०६३ सालमा शान्ति सम्झौता भयो। माओवादीले बन्दुक बिसायो। लेनिन 'क्यान्टोनमेन्ट'मा थन्किए। लेनिनजस्तै कम्तिमा पनि ४ हजार ९ बालबालिका माओवादीले युद्धमा प्रयोग गरेको रेर्कडमा देखियो। 
२०६६ माघ १० गते उनी र उनीजस्तै बाल लडाकुलाई 'अयोग्य' भनी क्यान्टोनमेन्टबाट बिदाइ गरियो। हातमा दश हजार र काँधमा झोला लिएर लेनिन फर्के। युद्धमा छँदा रोमाञ्चित भएको उनको मन घर फर्कदा भारी भयो। हजार सपना देखाइएका उनलाई अयोग्यको बिल्ला भिराइएको थियो। मुक्ति या मृत्युको बाटो हिडाइएका उनको हातमा न त मृत्यु पर्यो नत मुक्ति नै भेटियो।
युद्धमा लाग्दा कुमालेको काँचो माटो थिए लेनिन। जे भन्यो त्यही गर्थे। स्वविवेक भन्ने थिएन। कमाण्डरले गर्न भनेका कुरा धेरै गरे। मर्न र मार्नपनि पछि परेनन्। उनीहरुजस्ता धेरैलाई सिद्धान्त भन्ने कुरा काला अक्षर भैसी बराबर थियो। त्यतिबेला नेताको वचनमा भविष्य देख्ने उनीहरु अहिले उता न उताका भएका छन्।


*** लेनिन चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा तीन वर्ष बसे। त्यो समयमा जनमुक्ति सेनाकै रुपमा ब्यारेकमा थिए। १३ वर्षकै उमेरमा माओवादीमा प्रवेश गरेका उनी लक्काजवान भइसकेका थिए। २०६६ माघ १० गते उनलाई ‘अयोग्य’ भनेर निकालियो।
अयोग्य घोषित उनलाई समाजले राम्रो मानेन्। अयोग्यका रुपमा हासिमजाकका पात्र बने। सँगै पढेका साथीभाइ क्याम्पस जान थालिसकेका थिए। बुर्जुवा शिक्षाको के काम भन्दै युद्धमा हिँडाइएका उनको शीर निहुरिन थाल्यो। उनका केही साथीले अवहेलना सहन नसकेर आत्महत्यासमेत गरे। केहीले मानसिक सन्तुलन गुमाए।


लेनिन भन्छन्, ‘कुनै बेला ‘कमान्डर’ को आदेश सुनेकै भरमा मर्न र मार्न तयार भइयो। आज सामान्य कार्यक्रममा भाग लिन जान लाग्दा कुनै जमानाका आफ्नै कमाण्डरले रोक्छन्। हाम्रो मर्का सुनिदिने पनि यहाँ कोही छैन।'

पहिचान र रोजगारी मागेकै कारण आफूहरु आफ्नै पार्टीबाट असुरक्षित रहेको लेनिन बताउँछन्। पार्टीको तारो बनेको उनले अनुभव गरेका छन्। उनी पार्टीकै कारण एक वर्ष जेल बसिसकेका छन्। झुटा मुद्दा पनि खेप्न परेको दावी गर्छन्। अहिले विदेश जाने दिन उनको नाम कालो सूचीमा राखिएको भनियो। भन्छन्, ‘कहिले फकाउँछन्, कहिले धम्क्याउँछन्। हामी स्वतन्त्र नागरिकसँग राज्य डराइरहेको छ। किन हो थाहा छैन।'
लेनिन युद्धमा छँदा भनिएको थियो, ‘मागेर अधिकार पाइँदैन। खोसेर लिनुपर्छ। बन्दुकको भरमा चलेको राज्यसत्ता बदल्न बन्दुक नै उठाउन पर्छ।’ उनले राज्यसत्ता परिवर्तन भएको महसुस गरेका छैनन्। नेतामात्रै परिवर्तन भएको देखेका छन्। अब के गर्ने? उनको मनमा प्रश्नहरुको छाल उर्लिरहेको छ।
तर पनि, बर्हिगमित लडाकुहरुको संगठनमार्फत् आफूहरुलाई व्यवस्थापन गरिनुपर्ने माग छाडेका छैनन्। उनी डरलाग्दो बोली बोल्छन्। ‘युद्धको बदला युद्ध। जीवनको बदला जीवन,’   भन्छन्, 'मैलै यस्तो नगरौँला, तर पार्टीबाट म जस्ता हजारौँलाई यस्तै सिकाइएको छ, राज्यले नागरिकहरुलाई यसरी हेप्न थाल्यो भने उनीहरुले बाँकी छोड्ने छैनन्।'



२०६८ सालमा लेनिनसहितका केही अयोग्य लडाकुले पेरिसडाँडामा धर्ना दिए। माओवादी भित्रैबाट माओवादी नेताहरुको खुलेयाम विरोध भएको सो घटनाले संचारमाध्यमको ध्यान खिच्यो। त्यसमाथि पूर्व लडाकुको विषय झनै संवेदनशील थियो। समूहको नेतृत्व गरेका लेनिन रातारात हिट भए। त्यसै मेसोमा जन्मियो ‘बर्हिगमित जनमुक्ति सेना’। त्यसपछि त्यस्तै विरोध कार्यक्रम गरिरहेका छन् उनले।


लेनिन अहिले त्यही समूहको नेतृत्व गरिरहेका छन्। बाल लडाकु बनेर सपना चकनाचुर भएको सुनाउँछन्। शान्ति सम्झौतापछि 'अयोग्य' बनाएर प्रचण्डले आफूजस्ता हजारौंको सपना जलाएको उनको कथन छ। भन्छन्, 'अहिले जनयुद्धको नेतृत्व गर्ने मालामाल बनेका छन्। हामी युद्ध लड्ने सडकमा छौं। त्यही पनि उनीहरुले हरेक दिन हाम्रो सपना यसरी जलाइरहेका छन्।'


https://pahilopost.com/content/20180825171102.html



https://sagarbudhathoki.wordpress.com/2018/08/29/%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%9c%e0%a4%b2%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%9b-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/

Comments

Popular posts from this blog

About Me

Lenin Bista from Kavrepalanchok district was recruited as a child soldier in 2002 when he was 12 years old. He served the Communist Party of Nepal – Maoist’s ‘People’s War’ for seven years before the peace process started in November 2006. During the verification for integration into the Nepal Army by the United Nations Mission in Nepal (UNMIN), Bista along with other 2,973 child soldiers were declared unfit and incapable. Since then, Bista has been leading the Discharged People’s Liberation Army Struggle Committee along with his friends demanding the fair treatment of the discharged child soldiers and remove the label of ‘unqualified’ given during the integration process. They have been further demanding rehabilitation of those child soldiers who are adult now with financial support and a dignified recognition for serving the liberation of people during the war. Despite various attempts of several Maoist's splinters to obstruct their movement, Bista and his colleagues have bee...

काँग्रेसको प्रश्नः ‘निराशा’लाई बदल्ने काम प्रधानमन्त्रीको कि प्रेसको ?

काँग्रेसको प्रश्नः ‘निराशा’लाई बदल्ने काम प्रधानमन्त्रीको कि प्रेसको ? explore काठमाडौं access_time भदौ १२, २०७५ chat_bubble_outline 0 रातोपाटी संवाददाता काठमाडौं– प्रमुख प्रतिपक्षी दल काँग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ ।  मंगलबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराए ।  कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उनले हुकुमी शैलीमा मुलुकको शासन प्रणाली सञ्चालन हुन नसक्ने बताए । उनले ७ सय ६१ वटा सरकारलाई हुकुमी शैली र तजबीचको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने दाबी गरे । कानुनको सहि पालना गरि त्यसैका आधारमा अघि बढ्न पनि अधिकारीको सुझाव थियो । हालै सामाजिक संञ्जालमा प्रधानमन्त्रीको अनुहारलाई विरुप बनाएर केही टांसेर...
Politics The Strategic Implications of Indian Corruption Risk Intelligence What Will the Chinese Navy’s Next Frigate Look Like? Diplomacy Behind Vietnam’s COVID-19 Response, Deep Distrust of China Society What Do the May 1998 Riots Mean for Young Chinese Indonesians? Society The Philippines’ Pandemic Response: A Tragedy of Errors Economy Thailand: The Coronavirus Suicides Diplomacy Absent Without Leave? Gauging US Commitment to the Indo-Pacific Society Kyrgyzstan’s Forgotten Role in World War II Security India Killed Kashmir’s Top Militant Commander. What Now? Risk Intelligence How Will COVID-19 Reshape Asia’s Energy Future? Diplomacy COVID-19: Trouble on the China-Russia Border Securit Hate Goes Viral in I Through the Lens: Life and Politics in Asia Nepal’s Ex-Maoist Child Soldier Shares Plight of His 3,000 Peers About 3,000 former child soldiers in Nepal remain jobless. ...