नाम लेनिन, चिनारी अयोग्य लडाकु सेतोपाटी काठमाडौं, जेठ ११ २०६८ असार महिनाको कुरा हो। झन्डै पाँच सयको समूह एकाएक एकीकृत माओवादी मुख्यालय पेरिसडाँडामा भेला भए। नाराबाजी गरे। मुख्यालय घेरे। छिनभरमै पेरिसडाँडामा तनावको स्थिति बन्यो। केही सिप नलागेपछि माओवादी नेताहरू गल्न बाध्य भए। उनीहरूले ‘तिमीहरूका मुद्दा सम्बोधन गर्छौं’ भनी आश्वासन दिए। सबैलाई घर फर्कने गाडी भाडासमेत हात–हातमा थमाइदिए। तर, नेताहरूको आश्वासन यसरी एक बोलीको भरमा कहाँ पाएर पूरा हुनु! दिन बिते, महिना बिते। उनीहरूका मुद्दा जस्ताका तस्तै रहे, नेताका भने बोली फेरिए। ती युवाको आक्रोश बर्खाको खहरेभेलझैं गड्गडाउन थाल्यो। ...
Lenin Bista from Kavrepalanchok district was recruited as a child soldier in 2002