Skip to main content

Posts

Showing posts from August, 2018

लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टिकरण

लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टिकरण सेतोपाटी संवाददाता काठमाडौं, भदौ ११ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्। सोमबार बिहान सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पुर्‍याउने बताए। ‘मैले किन फर्काइयो भनेर सोधेको छु,’ ओलीले सम्पादकहरूसँग भने। शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थिय...

मानवअधिकार आयोगले अध्यागमनसँग माग्यो विष्टलाई रोक्नुको कारण

मानवअधिकार आयोगले अध्यागमनसँग माग्यो विष्टलाई रोक्नुको कारण गोविन्द लुइँटेल समाज  १२ भदौ २०७५ १८:४२:०० काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले पूर्वलडाकु लेनिन विष्टलाई बैंकक जाने क्रममा त्रिभुवन विमानस्थलमा रोकिएको घटनाबारे सम्बन्धित निकायलाई लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ । आयोगले अध्यागमन विभागका महानिर्देशक, अध्यागमन कार्यालय एयरपोर्टका कार्यालय प्रमुख र गृह सचिवसँग तीनदिन भित्र कारण पेश गर्न पत्राचार गरेको हो ।  आयोगले पीडितले दिएको उजुरी छानबिन गर्दा पक्राउ गर्नुपर्ने कारण केही नदेखिएपछि गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई तीनदिन भित्र जवाफ पेश गर्न मंगलबार पत्राचार गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।  ‘मानव अधिकारको विश्वव्यापी घोषणपत्रका साथै नेपालको संविधानमा समेत व्यक्ति स्वतन्त्रपूर्वक हिँडडुल पाउने स्पष्ट व्यवस्था गरेको र विष्टले आवश्यक प्रक्रिया पुर्‍याएरै बैंकक जान लागेको पाइएकाले रोक्नुपर्ने कारण पेश ...

म राज्यबाटै असुरक्षित छु : लेनीन विष्ट

नागरिक १० भाद्र २०७५ ३ मिनेट पाठ AddThis Sharing Buttons Share to Facebook Share to Twitter Share to LinkedI काठमाडौं- तत्कालिन माओवादी विद्रोहमा वाल सैनिकको रुपमा कार्यरत लेनीन विष्टले आफु राज्यबाटै असुरक्षित रहेको बताएका छन्। उनले राज्यबाट सुरक्षित हुनुपर्ने ठाँउमा आफु राज्यलेनै कतीखेर के गर्छ भन्ने अनुभूतीमा पिरोलिन परेको बताए। आफुलाई सुरक्षा थ्रेट महसुस भएको उनले बताए। विष्टलाई थाइल्यान्डमा आयोजना भएको एक कार्यक्रममा सहभागि हुन जान लाग्दा अध्यागमनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार फर्काएको थियो। विगतमा आफुलाई झुठो मुद्दाहरु लगाउने कोसिस भएको बताउँदै उनले  'कल वाइपास'को आरोपमा एकवर्ष जेल समेत हालेको बताए। पछि निर्दोष रहेको भन्दै अदालतले विष्टलाई सफाई दिएको थियो। २०६९ सालमा वाल सैनिकको हक...

‘बालसैन्य’बाट त्रस्त सरकार

सम्पादकीय ‘बालसैन्य’बाट त्रस्त सरकार भदौ १२, २०७५ AddThis Sharing Buttons Share to Facebook 89 Share to Twitter Share to Messenger Share to Copy Link Share to More         अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको लेनिन विष्ट प्रकरणले नेपालको मानव अधिकार र स्वतन्त्रता सम्बन्धी परिस्थिति विश्व समक्ष छताछुल्ल पारेको छ। पक्कै पनि अध्यागमनले एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा बैंकक जान लागेका माओवादीका पूर्व बालसेनालाई गृह मन्त्रीकै आदेशमा रोकेको हो। तर, संविधान र अन्तर्राष्ट्रिय स्तरमै मान्यता पाएको स्वतन्त्र आवागमनमाथि स्वछन्दता रोक लगाउने दृढता एउटा अधिनायकवादी सत्तालेमात्र गर्न सक्छन्। प्रधानमन्त्री केपी ओलीले बिष्ट प्रकरण सार्वजनिक भएपछि गृहमन्त्रालयलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएका छन्। तर यो अत्यन्त्र गम्भीर विषय स्पष्टीकरणमा टुंग्याउने प्रयत्...

सन्त्रास बढाउँदै सरकार

सन्त्रास बढाउँदै सरकार अन्नपूर्ण सम्पादकीय  ११ भदौ २०७५ ०७:४७:०० थाइल्यान्ड जाँदै गरेका पूर्व माओवादी लडाकु लेनिन विष्टलाई विमानस्थबाटै फर्काएको घटनाले आश्चर्यचकित तुल्याएको मात्र छैन कि सशंकित बनाएको छ। तिनी सशस्त्र संघर्षमा सहभागी गराइएका बालसैनिकबारे एक कार्यक्रममा भाग लिन जाँदै थिए। कामविशेषले विदेश भ्रमणमा जान लागेका नागरिकलाई उनको मानव अधिकारसमेत उल्लंघन हुने गरी बिनासूचना राहदानी रद्द गरिदिनु राज्यको स्वेच्छाचारी चरित्र हो। नागरिकले सहज हिँड्डुल गर्न पाउने संवैधानिक अधिकार कुण्ठित तुल्याएको छ। यसले दुईतिहाईको अंकगणितीय जनमतलाई निरंकुशता अभ्यासको अधिकार मानेको हो कि भन्ने प्रश्न गर्ने मैदान उपलब्ध भएको छ। यो प्रश्न केवल एक घटनालाई लिएर गरिएको होइन, पछिल्लो समय सत्ताले देखाउँदै आएको प्रवृत्तिलाई ध्यानमा राखेरै गरिएको हो। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको भ्रमण रद्द गरी उनलाई प्रधानमन्त्री निवासमा बिनाकारण कुराई बेइज्जती गरिएको घटनासँगै सत्ताका प्रवृत्तिमाथि प्रश्न उठ्न सुरु गरेको हो। त्यससँगै...

गृहमन्त्रालयलाई प्रधानमन्त्रीको प्रश्नः लेनिन विष्टलाई किन फर्काएको ?

गृहमन्त्रालयलाई प्रधानमन्त्रीको प्रश्नः लेनिन विष्टलाई किन फर्काएको ? अनलाइनखबर २०७५ भदौ ११ गते १३:२९ मा प्रकाशित 3 प्रतिक्रिया 0 1.3K SHARES Share to Facebook Share to Twitter Share to Viber Share to Messenger ११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण सोधेका छन् । ट्रमा सेन्टरबाट डाक्टरलाई गृहमन्त्रालयमा लगिएको प्रकरणमा पनि प्रधानमन्त्रीले चासो दिएका छन् । थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा पूर्व लडाकू विष्टलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको थियो । ‘माथिको आदेश’ भन्दै विष्टलाई फर्काइएपछि नागरिक स्वतन्त्रतामा सरकारले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।   सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई आफूले यसबारे लिखित स्पष्टीकरण सोधेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने- ‘एयरपोर्टबाट लेनिन विष्ट फिर्ता गरेको भन्ने सुनें मैले ।...