Skip to main content

Posts

Showing posts from September, 2016

प्रचण्डले जलाए लेनिनको सपना

प्रचण्डले जलाए लेनिनको सपना Date:  November 2, 2016 Author:  sagar budhathoki 0  Comments सागर बुढाथोकी उनको नाम बुबा आमाले सानैमा लेनिन राखिदिए । माओवादी युद्धको राप र तापका बेला उनी किशोरवयमा प्रवेश गरे । सबैले उनलाई माओवादी ठान्थे । किनकी उनको नाम विश्व चर्चित कम्युनिष्ट नेता लेनिनसँग मिल्थ्यो । नामकै कारण उनले माओवादीका बारेमा चासो राख्न थाले । १२-१३ बर्षको कुत्कुते उमेर थियो । उनी भर्खर ६ कक्षा उक्लंदै थिए । बिदाको समय भएकाले उनी हेटौंडा मावली गएका थिए । घुम्दै जाँदा उनी माओवादीको कार्यक्रम भएको ठाउँमा पुगे । शरीरमा काँडा उमार्ने भाषण सुनेपछि उनको शरीरमा तातो रगत जोडले बग्न थाल्यो । उनले निधारमा रातो टिका लगाए । रातै कपन बाँधे र कसम खाए । काभ्रे घर भएका लेनिन मावली गाऊंबाटै माओवादीमा हानिए । उनिसँगै अरु ४ जनापनि माओवादीमा प्रवशे गरे । २०५९ सालदेखि माओबादीमा प्रवेश गरेका लेनिनले कहिल्यै नदेखेका बस्ती चहारे । जोखिमपूर्ण समयसँग लुकामारी गरे । मृत्युका सामुन्नमा पनि उनि भविश्य देख्ने भए । मर्दापनि मुक्ति पाइने क्रान्तिकारी जोशले उनी रोमाञ्चित हुन्थ...