२३-२९ साउन २०७३ | 7-13 August 2016 - तुफान न्यौपाने अन्तर्राष्ट्रिय मानवीय कानूनले 'युद्ध–अपराध' मानेको लडाइँमा बालबालिकाको प्रयोगलाई नेपालको संक्रमणकालीन न्यायिक प्रक्रियामा पूरै बेवास्ता गरिएको छ। तस्वीरहरुः हिमाल अर्काइभ २०६१ सालमा रोल्पामा भेटिएका १५ वर्षभन्दा कम उमेरका लडाकू 'वैभव'। महेन्द्रज्योति–४ काभ्रेका लेनिन बिष्ट २०५९ सालमा १३ वर्षका मात्र थिए, जतिबेला उनी माओवादीमा लागे। २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी सेना समायोजनका लागि स्थापित शिविरमा बसे। तर, नेपालको शान्ति प्रक्रियाको अनुगमन गर्न आएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले मंसीर २०६५ को प्रमाणीकरणमा बिष्ट १८ वर्ष नपुगेको भन्दै 'माइनर' (अयोग्य) ठहर्यायो। चितवनस्थित लडाकूको तेस्रो डिभिजनमा रहेका उनी १० माघ २०६६ मा शिविरबाट निकालिए। त्यो बेला 'अयोग्य' लडाकू भनी शिविरबाट निकालिएका चार हजार ९ जनामध्ये दुई हजार ९७३ जना लेनिन जस्तै कम उमेरका थिए। बाँकीलाई चाहिं 'युद्ध सकिएपछि भर्ती गरिएको' भनिएको थियो। “बाल लडाकूहरूलाई श...
Lenin Bista from Kavrepalanchok district was recruited as a child soldier in 2002